पोखरा आउँदै गरेको बसमा सवार बिनोद ४ केजी गाँजासहित प्रकाउ
पाेखरा | मंसिर ९, २०८०
पोखरा: काठमाडौंबाट पोखरा आउँदै गरेको बस सवार बिनोद वि.क. ४ केजी लागूऔषध गाँजासहित पावरहाउसमा प्रकाउ परेका छन् ।
पोखरा महानगरपालिका–३० पावरहाउसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकिङ गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा ४ केजी लागूऔषध गाँजासहित बिनोदलाई प्रकाउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका ३ बस्ने २१ बर्षीय बिनोदलाई प्रहरीले सवारी चेकिङ गर्ने क्रममा पावरहाउसमा लागूऔषध गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका बिनोदलाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

